अनायास
-
- 1 Share
- 1655 Views
बच्चाबेलाको सृष्टि र अहिलेको सृष्टिमा कती परिवर्तन छ, शारीरिक बनावटमा मात्र हैन, दैनिकीमा, सोचमा । सबै भंछन बाल्यकालका भावना कती कंचन थिए रे । के साचै कंचन थिए र ? बा’को पिटाई र आमाको आँखा तराई बाट बच्न पढिएका दिनहरुको याद आयो । यत्रो पढेर आखिर दुईचार रुपैया कमाइयोस, दुईचार मानिसले मन्नेगुन्ने बनूँ भन्ने स्वार्थ बाहेक अरु केही भेटिन । आफनै समाकक्षी साथीहरु समझींछु, कहाँ कहाँ पुगे ? जहाँ पुगे के उनिहरुको क्षमता तेत्रो थियो र ? या किन सकेनन आफनो पूर्ण क्षमता देखाउन ? कती हास्यास्पद छ, मेरो साथी स्कूलको परिक्षाले योग्यता निर्धारण हुदैन भंथ्यो तर जिन्दगिको परिक्षा अनुसार क्षमता निर्धारण गर्दिंछन । के यही बस्ताबिक परिक्षा हो ?
तेसोभए कोही प्रथम र कोही असफल भनेर निकर्योल निकाल्ने परिक्षापत्र र यसमा के नै फरक भयो र ? मनिसको जात पनि अनौठो हूदो रहेछ, प्रशंसाको भोको हूंछ तर प्रत्याउत्तर दिन अलमलिंछ । खुसी देखाऊनु पनि छ तर नम्रता पनि झलकाउनु पर्ने अरे ।
अखिर समयले नै यसको उत्तर दिनछ भने किन ‘समय’ नेपाली राजनीतिजस्तो विवादास्पद छ ? सफलताको ठेक्का किन उसले आफ्नो प्रियबर्गलाई मात्र दिंछ ? समयकै पाबंदीमा बाचिरहनु पर्ने तर समय किन घडिमा बाधिंछ, किन भित्तामा टागींछ ? पाबंदीमै राखेपनी किन फुत्की जान्छ ? समय भंदा पर के ? केही छैन भने येस्को पाबंदीमा बस्न किन जारूरी ? मलाई जिंदगीमा सबैभंदा प्रिय र जिस्काउने चीज लागछ ‘समय’ । यदि यही नै लक्ष्य हो भने किन शताब्दी शताब्दीदेखी यही फनफनि घूमिरहेको ? यदि यो अनंत हो भने किन र कसरी ? जबकि येस्को खुद आफ्नो अटल परिभाषा छैन । गीताका श्लोकजस्तै जे कुराको पनि अर्थ खोज्ने भए किन बाच्नु शब्दकोश खोले भैगोनी । यदि अर्थ पाउनेनै हैन भने येत्रो भोगाई र संघर्ष केका लागी ? अखिर ‘जीत’ र ‘हार’ को मूल्यांकन कस्ले गर्नपर्ने हो ? यही अर्थकोभागदौडमा प्राणीको क्ष्यमता र शक्ति मात्र खर्च भएन र ? यो पाठ, शिक्षा लिएर मानिसले के नै गर्छ र, आखिर मर्ने नै हो । यही अर्थ खोज्दा खोज्दा मानिसलाई दिक्क लाग्दैन होला ?
उमेर अनुसार आफ्नो शरीर आफैलाई त बोझ लाग्छ । अरे आफै बोझ बन्नको लागी किन येत्रो थोत्रो बनाउनुपर्ने शरीर ? आफुले चाहेको सम्पूर्ण सपना पुरा गर्न नसक्ने बाल्यकाल देखी बृद्धसम्मको यात्रा किन ? यदि सुन्दरता र जवानी क्ष िणक हो भने येस्को लोभ किन देखाईयो ? अमूर्त रूपलाई मूर्त बनाउन सक्ने मानिस किन उमेर संग़ै अनेक रूपमा निराशताका मूर्ति बनिन्छन ?
Please