mero maya ( मेरो माया- २)

माया त तिमीलाई भनेर तिम्रो आत्मा सँग गरेकी हु,

तर के  गर्नु तिमीले नै तिमी हैन भनेपछी म कस्को आसमा बसिरहेकी छु ।

मेरो माया यती कमजोर छैन कि बार बार टुट्दैमा चटकै बिर्सिनु,

तर यती कुरा याद राख्नु- टुटेको दिल लाई फेरी सम्हालिन्छ भनेर खेल खेल मा नलिनु ।

 

माया त साचिकनई गरेकी हु मैले तिमीलाई,

तर गरे भन्देइमा निर्दए भएर यो सुन्दर आखा बाट मोतिका दानाहरु झार्न बाध्य नबनाउनु ।

रुनु त कती रुनु, अब त आशुको धारा पनि सकिसक्यो होला,

यो मनले जे गरेनी हरेक पल तिमी भन्दा भन्दा बिचारआ थाकिसक्यो होला ।

 

सोच्छु म कस्तो माया गरेकी रहेछु मैले जस्ले मायालाई पहिलो इस्थान बाहेक कहिले अरु ठाउमा राखी न,

तर के  गर्नु अभागी म- पहिलो इस्थान भन्दा भन्दाइ आफु कसैको अन्तिम इस्थान भएको पत्तै भएन ।

मायालाई मायाले हुर्कौनु, कहिले काही गाली गरेनी केहि नभनुला,

तर जे भनेनी मानिहल्छ भनेर हरेक दिन न तडपाउनु होला ।

 

सुनेकी छु चोखो माया गर्ने अमर हुन्छन रे,

तर बार बार यो मन रुदा बार बार मरेको पतै नै भएन अरे ।

टुटेको कुरा कती गर्नु भयो गर्दिन अब म,

यो सास नि बन्द हुन थालिसक्यो बिचारआ यो हालत मा जिउदा ।

 

मेरो माया मा दोश छैन मुटु छामेर भन्न सक्छु,

तर यो मायालाई कती पिडा भएको छ म हासी हासी नि भन्न सक्छु ।

तिमीलाई अहिले एहेसास नहोला ए मेरो माया,

तर जुन दिन एहेसास हुन्छ नि त्यो दिन तिम्रो आशु पुछिदिने, तिमीलाई सम्हाल्ने म न रहुला  ।