"अझ कहिले सम्म- हामी छोरिहरु"

जती माया, प्रेम्, खुशी आफुले दिन सक्छ त्यो सम्पूर्ण अरुको खुशीकोलागी सुम्पिदा पनि हामी छोरिहरुले,

अझ कहिले सम्म दुख, पिडा सहन पर्ने ।

सबै सुम्पिदा आफु सँग केहि नहुँदा पनि खुशीले अरुको भलो चाहने हामी छोरिहरुले,

अझ कहिले सम्म त्यो चम्किला प्यारो आखाबाट मोतिका दानाहरु झार्न पर्ने ।

 

हाम्रो यो कालीलो सारीरमा दागका झुप्पा देखिदा पनि केहि नबोल्ने हामी छोरिहरु,

अझ कहिले सम्म हिङ्सा को सिकार हुन पर्ने ।

आमाबुवाको न्यनो काखमा सुरक्षित हुर्केको हामी छोरिहरु,

अझ कहिले सम्म हाम्रो लास सड्कमा, जङलको झारिमा फ्यलिनु पर्ने ।

 

छोरी सुरक्षित छन, अब केहि हुन्न, भन्दा भन्दइ पनि महिनापिछे बलात्कार, कुटाइको समाचार सुन्नमा आउने हामी छोरिहरु,

अझ कहिले सम्म हामीहरुको लास फोहोर खोलामा तहिरे झै तहिरिनु पर्ने ।  

यहाँ त जामअना यस्तो आयो कि आफ्नै घरमा पनि सुरक्षित हुन पाउदैनौ हामी छोरिहरु,

अझ कहिले सम्म हामी दबिन पर्ने ।

 

जती जे गरेपनी छुटका साथ सानले हिड्ने ति पापी अपराधिहरु,

अझ कहिले सम्म हाम्रो कपडालाई लुछेर नाङ्गो बनाउदा पनि हात बाधेर बस्ने ति सुरक्षाकर्मि, सर्कार, अदालत् ले कैले न्याय दिन्छन भनेर कुर्न पर्ने ।

कुर्दा कुर्दै जिन्दगी असिना बिलाए झै बिलाउदै गैसक्दा पनि न्याए नपाउने हामी छोरिहरु,  

अझ कहिले सम्म हाम्रो इज्जत फ्यालिएको देख्न पर्ने ।

 

आमाबुवाले समालेको यो ज्यान, अनि केहि हुँदा पनि डराउने  मेरो बाबाआमा को आसु कसो झरेनन होला, कसो हाम्रो लास देख्दा मन चिरा चिरा भएनन होला,  

हरेक छोरिको इज्जतमा दाग लाग्दा, बाचेर पनि मरेको जस्तै अनुभब कसो भएनन होला ।

फुल वोइलाएझै हाम्रो हन्सिलो अनुहारबाट खुशी पनि वोइलएको छ, घरको दियो बुझिरहेको छ,

र यो तब फकृन्छ जब हामी छोरिहरुले नडराइ हिंड्न पाउछौ , जब हामीलाई इजजत मिल्छ, जब हाम्रो कपडा लुछिदैन, जब हामिलाई हेर्ने दृस्टिकोन सफा हुन्छ, त्यो दिन पक्कै पनि हामी छोरिहरु खुलेर हास्ने छौ , फुल जस्तै मजाले फकृने छौ । 

यदी यो भएन भने अझ कैहिले सम्म हाम्रो घरको दियो बुझाउने पर्ने,

अझ कहिले सम्म फुललाइ छिया छिया पारेको देख्न पर्ने ।