"तिमी पाएपछी"

आभास तिम्रो मायाको पाए पछि,

खुशीको सिमा कहाँ रहन्छ र माया,

न त रहन्छ गुनसो केहि जिन्दगीमा,

स्पर्स्,बस ओठको भए पछी ।

 

अङ्गालोमा तिमीले मलाई बाधे पछि,

न्यानो स्पर्स कसरी महसुस नगरुला र माया,

न त गुमाउने डर नै छ केहि  जिन्दगीमा,

साथ्, बस तिम्रो मैले पाए पछी ।

 

सानो सानो कुराको ख्याल तिमीले मलाई गरेपछि,

मैनबत्ती पग्ले झै कसरी मेरो मन नपग्लेला र माया,

न त गुमाउने चिन्ता नै छ केहि  जिन्दगीमा,

मिलन , बस तिम्रो आत्मा सँग भएपछी ।

 

मोतिको दाना झार्दा हसाउने जिम्मा तिमीले मलाई दिलाएपछि,

रुदा पनि कसरी म नमुस्कुराउला र माया,

न त पीर नै छ केहि जिन्दगीमा,

आसु, बस झार्न नदिने मान्छे मेरो परिवार बाहेक मैले तिमी पाएपछी ।