"तिमी पाएपछी"
-
- 0 Share
- 1204 Views
आभास तिम्रो मायाको पाए पछि,
खुशीको सिमा कहाँ रहन्छ र माया,
न त रहन्छ गुनसो केहि जिन्दगीमा,
स्पर्स्,बस ओठको भए पछी ।
अङ्गालोमा तिमीले मलाई बाधे पछि,
न्यानो स्पर्स कसरी महसुस नगरुला र माया,
न त गुमाउने डर नै छ केहि जिन्दगीमा,
साथ्, बस तिम्रो मैले पाए पछी ।
सानो सानो कुराको ख्याल तिमीले मलाई गरेपछि,
मैनबत्ती पग्ले झै कसरी मेरो मन नपग्लेला र माया,
न त गुमाउने चिन्ता नै छ केहि जिन्दगीमा,
मिलन , बस तिम्रो आत्मा सँग भएपछी ।
मोतिको दाना झार्दा हसाउने जिम्मा तिमीले मलाई दिलाएपछि,
रुदा पनि कसरी म नमुस्कुराउला र माया,
न त पीर नै छ केहि जिन्दगीमा,
आसु, बस झार्न नदिने मान्छे मेरो परिवार बाहेक मैले तिमी पाएपछी ।
Please