मेरो लेख मैले लेखिन

मैले त्यो लेखें जुन आफैंले बुझिन

त्यो लेखिन जुन अरुलाई बुझाउन चाहिन

थोरै शब्दमा धेरै लेखिएको

धेरै लेखेर थोरै बुझिएको

मैले जे लेखें त्यो मेरो होइन

मैले जे लेखे जस्तो देखिन्न त्यही लेखे मैले

म धेरै लेखिएर थोरै बुझेको

थोरै बुझेर धेरै बुझ्न नसकेको  

पल्टाएर पल्टाइनसाध्ये

म जे होइन त्यहि हुँ

जस्तो देखिन्छु त्यो होइन

पाएर पनि नपाएजस्तो शुन्यता हुँ ।

सुन्दा सुन्दै शुन्य सुनिने ध्वनि हुँ ।

तताएर पनि सेलाएको आगो हुँ ।

पानि नै पानिले भरिपूर्ण खडेरी हुँ ।

म मिथ्या हुँ ।

त्यसैले,

मेरो लेख मैले लेखिन

अर्थात वास्तवमा मैले लेखिन

म एक नलेखिएको पुस्तक

शब्द बिहिन पुस्तक

विषयवस्तु बिहिन रचना

लेख्नै नसकिने वस्तु

सोच्नै नसकिने सोच

वास्तवमा

म लेख्न नमिल्ने विषयवस्तु हुँ ।

म एक भ्रमँ हुँ ।