mero maya ( मेरो माया- २)
-
- 0 Share
- 1357 Views
माया त तिमीलाई भनेर तिम्रो आत्मा सँग गरेकी हु,
तर के गर्नु तिमीले नै तिमी हैन भनेपछी म कस्को आसमा बसिरहेकी छु ।
मेरो माया यती कमजोर छैन कि बार बार टुट्दैमा चटकै बिर्सिनु,
तर यती कुरा याद राख्नु- टुटेको दिल लाई फेरी सम्हालिन्छ भनेर खेल खेल मा नलिनु ।
माया त साचिकनई गरेकी हु मैले तिमीलाई,
तर गरे भन्देइमा निर्दए भएर यो सुन्दर आखा बाट मोतिका दानाहरु झार्न बाध्य नबनाउनु ।
रुनु त कती रुनु, अब त आशुको धारा पनि सकिसक्यो होला,
यो मनले जे गरेनी हरेक पल तिमी भन्दा भन्दा बिचारआ थाकिसक्यो होला ।
सोच्छु म कस्तो माया गरेकी रहेछु मैले जस्ले मायालाई पहिलो इस्थान बाहेक कहिले अरु ठाउमा राखी न,
तर के गर्नु अभागी म- पहिलो इस्थान भन्दा भन्दाइ आफु कसैको अन्तिम इस्थान भएको पत्तै भएन ।
मायालाई मायाले हुर्कौनु, कहिले काही गाली गरेनी केहि नभनुला,
तर जे भनेनी मानिहल्छ भनेर हरेक दिन न तडपाउनु होला ।
सुनेकी छु चोखो माया गर्ने अमर हुन्छन रे,
तर बार बार यो मन रुदा बार बार मरेको पतै नै भएन अरे ।
टुटेको कुरा कती गर्नु भयो गर्दिन अब म,
यो सास नि बन्द हुन थालिसक्यो बिचारआ यो हालत मा जिउदा ।
मेरो माया मा दोश छैन मुटु छामेर भन्न सक्छु,
तर यो मायालाई कती पिडा भएको छ म हासी हासी नि भन्न सक्छु ।
तिमीलाई अहिले एहेसास नहोला ए मेरो माया,
तर जुन दिन एहेसास हुन्छ नि त्यो दिन तिम्रो आशु पुछिदिने, तिमीलाई सम्हाल्ने म न रहुला ।
Please