Random

… तिमि कति परिवर्तन भईछेऊ, कती निस्ठुरी भईछेऊ, सायेद घमण्डी नि भईछेऊ, सायेद सहरिया भईछेऊ । सायेद ऊ यही भनिरहेको थियो, म सुनिरहे, जवाफ थिएन या भनौ जवाफ दिनै मन लागेन । सुन्दा झनक्क रिस पनि उठ्यो तर जब रिस मत्थर भयो तब ति मन बिझ्ने वाक्य मिथ्या लाग्यो ।निरस लाग्न थाले ति वाक्यहरु । साँचै निरस थिए र ति वाक्यहरु ? ति शब्दहरु ? हैन तितै भएपनि रसिला थिए तर मनले सोस्नै सकेन । मनमा अनेक प्रकारका उथलपुथल तरंग बनेर आए तर नक्कली हासों हाँस्नको लागी ओठ तन्काउनै सकिन ।साचै कठोर भएछ यो मन । कति सजिलै बोलिदिन्छ मानिस । मिठो कृत्रिम मुस्कान पनि क्रोधमा छताछुल्लभई भावना पोखिदोरहेछ।तर मनले त पर्खालनै बनाएछ।

अखिर केका लागी अप्राकृतिकता झलकाउनू जब कि तिमिसंग खुल्नै सक्दिन, सन्दर्भित र मर्यादित बन्ने जबरजस्तीको कसरत गर्न सकिन। जाबो एक मुस्कान दिन पनि यति भाऊ? यस्तो कठिनाई? किन? बाहिरी स्वरूपले प्रश्न गर्न थाले तर आंतरिक मनले जवाफ दिन ज़रूरी मानेन। बताउन सकेन यो कुंठित मनले किन र कसरी, सायेद थाकेको थियो होला। साह्रै असह्य भएछ, एक्लै रोएछ। मानिसबाट आएको ऊर्जाले अर्को मानिसलाई पक्कै प्रकाश पार्छ, तर तिम्रो ऊर्जाको किरण बिकरन जसरी मन भित्र पसेछ। ती बिकरन त कैन्सरनै गाराउने खाले रहेछ क़्यारे तन्तुतन्तु जुद्धदा थाकेका रहेछन्।संचित गरेका सकारात्मक शक्ति पनि निरह देखिदै छन्। ती बिकरन नठोकिएका भए सायेद यो मन यत्ति ऊर्जाहिन हुने थिएन। पस्किनका लागी शब्द र मुस्कान रित्ता हुने थिएनन्। दुर्भाग्यबस संसारले कठोर मन देख्यो तर दुखेको दुखाई देख्न सकेन र देखाउने सामर्थ्य पनि बाकि रहेन किनकी ऊ त थकिसकेको छ प्रस्तुत गर्दा गर्दा। 

जसरी समयसंग पुरानो हुदॉै फलाममा खिया लाग्छ त्यसरीनै समयसंगै मनका अनेक फाँटमा खिया लाग्दो रहेछ। खिया बारे खोट निकाल्ने हजार भेटिए तर खिया हटाउने सामर्थ्य कसैमा नहुदो रहेछ।